Logo
Logo

काे हुन् राष्ट्रिय विभूति घोषणा गरिएका भक्ति थापा ?


दृष्टि संवाददाता


काठमाडाैं । सरकारले वीर पुरूष भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

असार १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले भक्ति थापालाई विभूति घाेषणा गरेकाे जानकारी दिएका हुन् ।

याेसँगै अब राष्ट्रिय विभूतिकाे संख्या १६ जना पुगेकाे छ ।

काे हुन् भक्ति थापा ?

भक्ति थापा क्षेत्री वि.स. १९७१ सालतिर नेपाल-अंग्रेज युद्धको बखत नेपालका बरिष्ठ सैनिक थिए।  सन् १७४१ मा लमजुङ जिल्लामा जन्मिएका सरदार थापाले देउथलमा अंग्रेजविरुद्ध बहादुरी प्रस्तुत गरेका थिए ।

उनी लमजुङ राज्यको पुँवर थापा परिवारमा जन्मेका थिए । उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडे । गोरखा (नेपाल) संगको अन्तिम् युद्धमा पराजित भै युद्धबन्दि का रूपमा काठ्माडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भै नेपाल एकिकरण अभियानमा संलग्न भएका थिए ।

देउथलको लडाइको नेतृत्व गरेका उनले युद्धमा अङ्ग्रेज हमलामा परि वि.स. १९७२ साल वैशाख ६ गते ज्यान गुमाए। उनको सहासको कदर कर्दै अङ्ग्रेजले उनको शवलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो। अङ्ग्रेजहरूले उनको सम्मानमा एक स्मारक पनि बनाए जुन हाल भारतको उत्तराखण्ड राज्यमा अवस्थित छ।

७३ वर्षको वृद्ध उमेरमा नेपाली सेनाको नेतृत्व गर्दै बेलायती तालिमप्राप्त जवान सैनिक फौजमाथि हमला गरेका भक्ति थापा एक अमर्त्य देशभक्तिको उदाहरण हुन् । बेलायती फौजले दोसला ओडाएर सम्मानपूर्वक उनको शव जिम्मा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्