Logo
Logo

कमिसनका कारण कोरोना खोप आएन : देउवा


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनकै कारण कोरोना खोप आउन नसकेको बताएका छन् ।

विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नै कमिसनका कारण खाेप आउन नसकेको भनिसकेकाले हाल खाेप नपाउनुकाे दाेष कमिसन नभै भएकाे बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको भनिसकेको उनले बताए । ‘म दोष त दिन चाहन्नँ, तर प्रधानमन्त्रीको इच्छा विपरित कसरी कमिसन खायो होला ?’ उनले भने ।

यस्तै उनले मुलुकमा देखिएका राजनीतिक समस्याकाे मुख्य दाेषी प्रधानमन्त्री भएकाे समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्