Logo
Logo

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकाेमा देउवा असन्तुष्ट


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशलाई धम्काइरहेकोे आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा देउवाले न्यायाधीशलाई ओलीले अनावश्यक धम्की दिएको भन्दै कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने बताए ।

सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले दावी गरेकाले आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकाेमा असन्तुष्टि व्यक्त गरे ।

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएको टिप्पणी पनि गरे । त्यस्तै उनले छिमेकी बदल्न नसकिने भन्दै दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने जिकिर गरे ।

देउवाले कमिसनका कारण कोरोनाको खोप नआएको ठोकुवा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्