तीन आरोपित पुर्पक्षका लागि जेल चलान « Drishti News – Nepalese News Portal
Logo
राउटे युवतीमाथि यौन दुर्व्यवहार प्रकरण

तीन आरोपित पुर्पक्षका लागि जेल चलान


दृष्टि संवाददाता


सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

बुधबार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्