Logo
Logo

कोभिड फ्रन्टलाइनरकाे सम्मानमा बनाएको चित्र महानगरले मेटायो


दृष्टि संवाददाता


काठमाडाैं ।  ‘कोभिड फ्रन्टलाइनर’हरुको स्मृतिमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । बुधबार महानगर प्रहरीले महानगरपालिकाबाट निर्देशन आएको भन्दै चित्र मेटेकाे हाे ।

अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएको थियो ।

तर, वडा कार्यालयले त्यस्तो अनुमति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीको निर्देशनमा महानगरपालिकाले चित्र मेटाएको हो ।

भित्तामा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएकाहरूको चित्र कोरिएको थियो ।

चित्रको परिकल्पनाकार डोजाङ शेर्पा महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहनेहरुको सम्मानका लागि राजधानीको मुटुमा अनुमति लिएरै चित्र मेटाएर महानगरपालिकाले फ्रन्टलाइनर, कला र मिहिनेतको अपमान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्