Logo
Logo
सर्वोच्चको आदेश

माओवादीले पदमुक्त गराएका चम्पादेवीका वडाध्यक्षकाे पुनर्वहाली


दृष्टि संवाददाता


काठमाडाैं ।  ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुरेशकुमार थापाकाे पुनर्वहाली भएकाे छ ।

सर्वोच्च अदालतले एमाले प्रवेशपछि माओवादीकाे पत्र अनुसार पदमुक्त गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै चम्पादेवीका वडाध्यक्षलाई पुनर्वहाली भएकाे हाे ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले थापाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै पुनर्वहाली गरिदिएको छ ।

आदेशमा संविधानले नै स्थानीय तहमा दल त्याग गरेको आधारमा पद रिक्त हुने व्यवस्था नगरेको स्थितिमा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम दल त्याग सम्बन्धी कारवाही प्रक्रिया संविधानको धारा २१५ (८) अनकूल नदेखिने उल्लेख छ ।

कानूनबमोजिमका काम कर्तव्य र अधिकारबाट बञ्चित भई निवेकदलाई अपुरणीय क्षति हुन जाने देखिएको भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म माओवादी केन्द्रको पत्रका आधारमा गरिएको पदमुक्तको निर्णय कार्यन्वयन नगर्न आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्