Logo
Logo

जनताले राणाकालीन जस्तै शासन बेहोर्नु दुःखद- राधेश्याम अधिकारी


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले नेपाली जनताले राणाकालीन जस्तै शासन बेहोर्नु दुःखद रहेको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा देश प्रमुख जिल्ला अधिकारीमार्फत् संचालन गर्ने काम भएको भन्दै नेपाली जनताले राणाकालीन बडाहाकिमको शासन बेहोर्नु परेको बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै अधिकारीले भने– ‘सिडिओमार्फत् सरकार चलाइदैछ । यसले राणाकालनि शासन व्यवस्थाको झल्को दिएको छ । यसरी कहिलेसम्म देश चल्छ ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संस्था (प्रतिनिधिसभा) लाई विश्वास नगरेकाले यस्तो परिस्थिति बनेको नेता अधिकारीको भनाइ रहेको छ । प्रधानमन्त्रीले आफ्नै पार्टी, सहयोगी र समर्थकलाई विश्वासमा लिन नसक्दा मुलुक आजको यो परिस्थितिमा आइलागेको अधिकारीको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्