राजनीतिक विवादमा न्यायपालिका हावी भयो : सुमनराज प्याकुरेल « Drishti News – Nepalese News Portal
Logo

राजनीतिक विवादमा न्यायपालिका हावी भयो : सुमनराज प्याकुरेल


दृष्टि संवाददाता


काठमाडाैं । सत्तारुढ नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलले राजनीतिक समस्याको निकास अदालतबाट हुन नसक्ने जिकिर गरेका छन् ।

संसदीय दलको नेता समेत रहेका प्याकुरेलले राष्ट्रियसभा बैठकमा राजनीतिक विवादको निरुपण राजनीतिकरूपमै गर्नुपर्नेमा जोड दिए ।

‘अन्तबाट राजनीतिक समस्या समाधान गर्न खोजियो खोज्नुहुन्न । पछिल्लो समय न्यायपालिका हावी भएको छ ।’ कतिपय कानूनविद्ले संविधानको मुल मर्मविपरीत वकालत गरिरहेको भन्दै प्याकुरेलले ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा विघटन गरेर जनतामाझ जाने प्रधानमन्त्री ओलीको कदमको उनले बचाउ गरे ।

प्रतिक्रिया दिनुहोस्