Logo
Logo

बालुवाटार बैठकमा नजाने माधव समूहको निर्णय


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा नेपाल पक्षका नेताहरूसहित केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठककाे निर्णय सुनाउँदै नेता भीम रावलले अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनु अगाडि स्थायी कमिटी बैठक बस्नुपर्ने र त्यसको आधारमा मात्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडान दाेहाेर्याए।

एकताका लागि प्रयास गरेको तर पार्टी विधान अनुसार अध्यक्ष नचलेको आरोप नेपाल समूहले लगाएको छ। अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट गठित केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेज २ अगाडि फर्काउनुपर्ने मागलाई दोहोर्याएको छ। 

प्रतिक्रिया दिनुहोस्