Logo
Logo

पप्पुले बनाएकाे कमला नदीको पुलकाे स्पान भासियो


दृष्टि संवाददाता


धनुषा । हुलाकी सडक अन्तरर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भासिएको छ । बाढीका कारण बिहीबार पुल पूर्वतर्फको एउटा स्टेन्ड भासिएको हो । १० वर्षअघिदेखि निर्माण भइरहेको पुल उद्घाटनको मिति नजिकिँदै गर्दा भासिएको हो । 

४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरे । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिके । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको थियो ।

भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको थियो । सामान्य बाढीमा पुल भासिएपछि  निर्माण कम्पनीमाथि छानबिन गर्नुपर्ने स्थानीयकाे माग छ ।

पुल नहुँदा स्थानीय उक्त क्षेत्रमा काठको ढुंगाबाट आवतजावत गर्ने गरेका छन् । पुल दुइ सातापछि सञ्चालनमा ल्याउने तयारी गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्