Logo
Logo

नियमापत्तिबीच नागरिकता अध्यादेश राष्ट्रियसभामा पेस


दृष्टि संवाददाता


काठमाडाैं । सर्वाेच्च अदालतले कार्यान्वयनमा राेक लगाएकाे नागरिकता अध्यादेश राष्ट्रियसभामा पेस भएकाे छ ।

अधिवेशन सुरू भएकाे पहिलाे बैठकमा अध्यादेश पेश गर्नुपर्ने प्रावधान अनुसार सबै अध्यादेश पेश हुँदा नागरिकता अध्यादेश पनि पेश भएकाे हाे ।

भौतिक पूर्वाधारमन्त्री समेत रहेका बसन्तकुमार नेम्वाङले राष्ट्रियसभामा विभिन्न अध्यादेश पेश गरेका हुन् । सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको नागरिकता अध्यादेश, बजेट अध्यादेश लगायत राष्ट्रियसभामा पेश भएका हुन् ।

त्यसअघि सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको अध्यादेश राष्ट्रियसभामा पेश गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले नियमापत्ति गरेका थिए ।

तर, अध्यक्ष गणेश तिमिल्सिनाले नियमापत्ति लागू नहुने भन्दै अध्यादेश पेश गर्न समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्