Logo
Logo

भक्तपुर नगरपालिकाको बजेट पारित


दृष्टि संवाददाता


भक्तपुर । भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट सर्वसम्मतिले पारित गरेको छ ।

नगरका उपप्रमुख रजनी जोशीबाटअसार १० गते प्रस्तुत बजेट नगरसभाको आजको बैठकले छलफलसहित पारित गरेको हो ।

सभामा प्रस्तुत रु. १ अर्ब ९३ करोड २० लाखको बजेटले स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ ।

नगरले विभिन्न अस्पताल सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ भने ख्वप अस्पताल कोभिड युनिटमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन नगरबासीलाई निःशुल्क प्रदान गर्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्