Logo
Logo
एमाले विवाद

भाेलिकाे बैठक सार्न ओली पक्षलाई माधव पक्षकाे प्रस्ताव


दृष्टि संवाददाता


काठमाडाैं । माधव नेपाल पक्षले शुक्रबार बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको छ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा बसेको कार्यदल बैठकमा नेपाल पक्षका नेताहरुले यस्तो आग्रह गरेका हुन्।

बैठकमा सहभागी नहुने घाेषणा गरेलगत्तै बसेकाे कार्यदलकाे बैठकमा  नेपाल पक्षले शुक्रबारको बैठक स्थगित गर्न भनेका थिए। बैठक स्थगित हुने नहुने टुंगाे भाेलि नै थाहा हुने नेपाल पक्षका नेताले बताएका छन् ।

नेकपा(एमाले)ले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गते अघिको अवस्थामा रहेको केन्द्रीय कमिटीलाई व्युँताएको थियो ।

प्रतिक्रिया दिनुहोस्