Logo
Logo

सर्वोच्चले अवैध भनेको कमिटीको कुनै अर्थ नभएकाे भीम रावलकाे तर्क


दृष्टि संवाददाता


काठमाडाैं । एमालेका उपाध्यक्ष भीम रावलले एमाले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्नु भन्नु नै अवैध भएको बताएका छन्।

नेता माधवकुमार नेपाल समुहको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले सर्वोच्च अदालतले समेत अवैध भनेपछि त्यो कमिटीको कुनै अर्थ नहुने बताएका हुन् ।

उनले भने, ’हामीले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीलाई ब्युताउनुपर्ने भन्दै आएका छौँ। तर, उहाँले कथित निर्णय गर्दै दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने भनिएको छ। त्यो स्वीकार हुँदैन।’

पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी विस्तार गर्ने अधिकार पार्टी ०७५ जेठ २ मा फर्किएको कमिटीले मात्रै गर्न सक्ने बताए। सहमतिमा पार्टी पूर्ववत् अवस्थामा फर्केपछिको स्थायी कमिटीले केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने उनको माग छ। पार्टीभित्र विधि र पद्धतिलाई स्थापित गरेर एकताको प्रयासलाई निरन्तरता दिएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्