Logo
Logo

ओली र माधवबीच टेलिफोन संवाद


दृष्टि संवाददाता

3.2k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।

पार्टी उपमहासचिव घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच टेफिफोन संवाद भएको हो । टेलिफोन संवाद गराउन उपमहासचिव भुसाल नेता नेपाल निवास कोटेश्वर पुगेका थिए ।

अध्यक्ष ओली र नेता नेपालबीचको विवादलाई मिलाउन दोस्रो तहका नेताहरु लागि परेका छन् । अहिले दोस्रो तहका नेताहरुको भेला ललितपुरस्थित समिट होटलमा बसिरहेको पनि नेकपा एमाले स्रोतले बताएको छ । सो बैठक बस्नु अघि अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी गराइएको हो ।

कुराकानी पछि उपमहासचिव भुसाल समिट होटलतर्फ लागेको बताइएको छ । यसअघि बिहीबार राति ओली र नेपालबीच टेलिफोन संवाद भएको थियो ।

सो क्रममा नेता नेपालले ओलीलाई शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न भनेका थिए । ओलीले भने बैठकमा सहभागी हुन नेता नेपाललाई अनुरोध गरेका थिए । तर शुक्रबार ओलीले बैठक राखेका थिए । बैठकमा नेता नेपाल सहभागी भएका थिएनन् ।

बैठकमा ओलीले नेता नेपाललाई आफू पक्षसांसदहरुले सर्वोच्च अदालतमा दिएको रिटमा गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएका छन् । तर, नेता नेपालले ओलीको उक्त बैठकलालई अवैध भन्दै आफूहरुले बुझाएको हस्ताक्षर फिर्ता नगर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्