Logo
Logo

थप २ हजार ३२८ जनामा कोरोना पुष्टि, ३ हजार ६६ जना संक्रमणमुक्त


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ५ हजार ८३७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५२७ र ४ हजार २९६ जनाको एन्टीजेन परीक्षण गर्दा ८०१ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १९८ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप ३ हजार ६६ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ६ हजार ६६६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्