Logo
Logo

२३ सांसदसँग माधव नेपालको छलफल


दृष्टि संवाददाता

6.4k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट २३ जना ‘सांसद’हरुसँग छलफल गरेका छन् ।

शुक्रबार बसेको नेकपा एमालेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन ३ दिनको अल्टिमेटम दिएपछि नेता नेपालले शनिबार आफू निकट २३ जना सांसदसँग छलफल गरेका हुन् ।

माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । बैठकमा सहभागी सबैले कुनै पनि हालतमा देउवालाई दिएको समर्थन फिर्ता लिन नहुने बताएको निवर्तमान सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

सांसदहरुको बैठकपछि नेपाललाई भेट्न वार्तामा सहभागी भइरहेका नेता घनश्याम भुसाल पुगेका थिए । उनकै उपस्थितिमा ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्