Logo
Logo

माधव समूहलाई ओलीको धम्की- ‘हस्ताक्षर फिर्ता नलिने एमाले रहँदैनन्’


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नरहने बताएका छन् ।

बालुवाटारमा शनिबार बसेको केन्द्रीय समितको बैठकलार्ई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरू पार्टीमा नरहने बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले भने– ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ, ती पार्टी कार्यकर्ता होइनन् ।’

उनले पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई नपर्खिने बताए । ओलीले भने- जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।

उनले विपक्षी मोर्चा कसका विरुद्ध बनेको भन्दै प्रश्न पनि गरे । ‘विपक्षी मोर्चाका कसका लागि बनेको हो ? मलाई बनाइदिनुस् त साथीहरु, यो विपक्षी मोर्चा कोभिडविरुद्ध लड्न बनाएका हुन् यिनीहरुले ? बाढीपहिरो पीडितको उद्दारका लागि हो ?

प्रतिक्रिया दिनुहोस्