Logo
Logo

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष गिरीले २० करोड घुस मागे : दुर्गा प्रसाई


दृष्टि संवाददाता


काठमाडौं । झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन माग्दा चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले गिरी आयोगका उपाध्यक्ष हुनसमेत योग्य नभएको टिप्पणी गर्दै कलेजलाई सम्बन्धन माग्दा २० करोड घुस मागेको बताएका हुन् ।

उनले भने, ‘गिरी कानुनअनुसार आयोगका उपाध्यक्ष हुन पनि योग्य हुनुहुन्न्छ, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरी यस बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसँग २० करोड घुस माग्नु भएको थियो, मैले कानून बमोजिम अख्तियारमा उजुरी दर्ता गरेपछि उहाँ मप्रति पूर्वाग्राही हुनुहुन्छ ।’

प्रसाईले कलेजलाई सम्बन्धन दिने, सरकारले नै चलाउने वा बन्द गर्नेबारे छिटो निर्णय प्रधानमन्त्रीसँग आग्रह पनि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्