Logo
Logo

एमाले केन्द्रीय कमिटीले गर्‍यो पाँच निर्णय


दृष्टि संवाददाता

4.4k
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीकोे वैठकले विभिन्न पाँच निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बसेको केन्द्रीय कमिटी वैठकले आफ्ना केन्द्रीय सदस्यहरूलाई आगामी मंसिरका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै विभिन्न पाँच निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

यस्ता छन् बैठकका पाँच निर्णय

१) पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने, केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने ।
२) विधान महाधिवेशन साउन २५–२७ काठमाडौंमा गर्ने, तयारीका लागिस् अध्यक्ष ओली( राजनीति प्रतिवेदन, ईश्वर पोखेरेल( सांगठनिक, विष्णु पौडेल–विधान, रामबहादुर थापा ‘बादल’–व्यवस्थापनको जिम्मेवारीमा ।
३) भदौ–५ वडा, भदौ १५–पालिका अधिवेशन गर्ने ।
४) विभाग गठन–स्थायी कमिटीबाट अन्तिम रूप दिने ।
५) निर्वाचनको तयारीमा पार्टी पंक्ति जुट्ने ।

प्रतिक्रिया दिनुहोस्