Logo
Logo

डोनारुम्बा युरोकपको उत्कृष्ट खेलाडी


दृष्टि संवाददाता



काठमाडौं । इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी बनेका छन् । डोनारुम्बा प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन । उनले इटलीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

इटलीले सोमबार इंग्ल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३-२ ले पराजित गरेको हो ।

उनले जाडोन सान्चो र बुकायो साकाको पेनाल्टी रोकेका थिए । यस्तै सेमिफाइनलमा स्पेनविरुद्ध पनि पेनाल्टी सुटआउटमा जित हात पार्दा डोनारुम्बाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले स्पेनका अल्भारो मोराटाका पेनाल्टी बचाएका थिए ।

इटलीलाई अपराजित रहँदै च्याम्पियन बन्दा डोनारुम्बाले पनि उत्कृष्ट रहे । डोनारुम्बा युरोकपमा उत्कृष्ट खेलाडी बन्ने पहिलो गोलकिपरसमेत बने । सन् १९९६ बाट युरोकपमा उत्कृष्ट खेलाडीको अवार्ड दिन सुरु गरिएको थियो ।

समूह चरणमा इटलीले तीनवटै खेल जित्दा उनले कुनै गोल खाएनन् । त्यसपछि नकआउट चरणको चारवटै खेलमा १(१ गोल बेहोरे पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो ।

यो पनि

प्रतिक्रिया दिनुहोस्