Logo
Logo

तुलसीलाल स्मृति भवनमा एमाले बैठक शुरू


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको छ । सरकारबाट बाहिरिएपछि एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक बैठक बोलाएका हुन् ।

यसअघि पार्टीका अधिकांश बैठक अध्यक्ष ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गर्दै आएका थिए । तर, सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री पदबाट हटेपछि ओलीले पहिलोपटक बालुवाटार बाहिर एमालेको बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा बरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुलाई समेत खबर गरिएको छ ।

बिहान ११ बजे निर्धारित समयमै नेताहरू बैठकस्थलमा पुगेका छन् । आजको बैठकले १० बुँदे सहमति अनुमोदन, अदालतको फैसलाको समीक्षा र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्