Logo
Logo

बैठक रोक्न माधव पक्षका कार्यदलको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु तुलसीलाल प्रतिष्ठानमा पुगेका छन् ।

बैठक सुरु भएको आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् ।

माधव पक्षका कार्यदलका संयोजक भीम रावलले बैठक रोक्नका लागि आग्रह गर्न त्यहाँ आएको बताए । नेता रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठक रोक्नु बैठक हलमा प्रवेश गरेका थिए । स्थायी कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम समेत बैठकमा सहभागी भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्