Logo
Logo
एमाले बैठक

देउवा सरकारलाई समर्थन नगर्ने एमालेको निर्णय

एमाले एकता गर्न बनेको कार्यदल खारेज


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले ओली पक्षले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

बुधबार ललितपुरस्थित च्यासलमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यो सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि सकिँदैन ।’

उनले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय भने व्यक्तिगत हुने बताए ।

यसैबीच एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल बैठकले खारेज गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्