Logo
Logo

‘अध्यादेशमार्फत ल्याइएको बजेट के गर्ने भन्ने संसदलाई जिम्मा’


दृष्टि संवाददाता


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे दुई बुँदे श्वेतपत्र जारी गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरूसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले श्वेतपत्रबारे जानकारी दिएका हुन् ।

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटचाहिँ के हुन्छ ? भन्ने प्रश्नमा उनले साउन ३ गते संसद बैठक बोलाइएको भन्दै जे गर्नुपर्ने, संसदले गर्ने बताए ।

ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने चर्चा चलिरहेका बेला अर्थमन्त्री शर्माले यसबारे संसदले निर्णय लिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्