Logo
Logo

थप ३ हजार ३ सय ६५ मा काेराेना पुष्टि, १६ काे मृत्यु


दृष्टि संवाददाता


काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३३५ जना र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६८७ परीक्षणबाट १ हजार ३० जनामा गरी कुल ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्