Logo
Logo

१ करोड ६२ लाख बढीको मतदाता नामावली अद्यावधिक


दृष्टि संवाददाता


काठमाडाैं । निर्वाचन आयोगले हालसम्म १ करोड ६२ लाख ४३ हजार ११० जनाको मतदाता नामावली अद्यावधिक भएको जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले सम्पादन गरेका काम र आगामी कार्ययोजनासम्बन्धी बिबरण प्रस्तुत गर्दै १ करोड ६२ लाख ४३ हजार ११० जनाको मतदाता नामावली अद्यावधिक भएको जनाएकाे हाे ।

थपलियाका अनुसार ८२ लाख ११ हजार ९५४ पुरुष , ८० लाख ३० हजार ९८४ महिला र १७२ अन्यको मतदाता नामावली अद्यावधिक भएको छ । हालसम्म १० हजार ७ सय ५६ मतदान स्थलको संख्या निर्धारण भएको र करिव २१ हजार मतदान केन्द्रको संख्या निर्धारण भएको छ ।

हालसम्म १३६ वटा दल दर्ता भएको, एउटा दलको विवाद निरुपण गरेको र जसपाको आधिकारिता विवाद निरुपण गरेको उनले जानकारी दिए ।

त्यस्तै थपलियाले आयोगले विदेशमा रहेका नेपालीको मताधिकारको प्रबन्ध मिलाउने तयारी गरिरहेको जनाकारी दिए । कम्तीमा ३३ प्रतिशत महिला सबै तहका समितिमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि पहिले दर्ता भएका राजनीतिक दलहरुले व्यवस्था नगरेका कारण त्यसलाई अनिवार्य बनाउने कार्ययोजना रहेको उनले बताए ।

बैठकमा सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्