Logo

आयोगको निर्णयविरुद्ध सर्वोच्चमा ठाकुर पक्षकाे रिट


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता नपाएको नेता महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक शुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थाको बारेमा बैठकमा छलफल हुने बताइएको छ ।

तत्कालिन राजपा नेपालको बबरमहलस्थित पार्टी कार्यालयमा बैठक चलिरहेको छ । निर्वाचन आयोगबाट जसपाको आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि ठाकुर पक्षको बैठकले अगामी दिनमा कसरी अगाडी बढने विषयमा छलफल गरिरहेको बैठकमा सहभागी नेता सर्वेन्द्रनाथ शुक्लाले बताए ।

यता ठाकुर पक्षले आजै निर्वाचन आयोगको फैसलाको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेको छ । राजपा र समाजवादी पार्टीबीच एकीकरण पश्चात बनेको जसपामा प्रथम वरियाताको अध्यक्ष ठाकुर रहेको दावी गर्दै आयोगको फैसला खारेज गर्न माग गरिएको छ ।

‘निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले मसमेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु/नागराउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ’ ठाकुर पक्षद्धारा जारी रिट निबेदनमा उल्लेख गरिएको छ ।

यस अघि निर्वाचन आयोगले ११ साउनमा ‘हेड काउण्ट’ गर्दै यादव पक्षलाई आधिकारिता दिने निर्णय गरेको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना यादव पक्षमा र १६ जना ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरी तटस्थ बसेको थिए ।

प्रतिक्रिया दिनुहोस्