Logo
Logo

थप ३ हजार ६११ मा कोरोना पुष्टि, २७ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३६ सय बढी कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ४ सय ६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल ९ हजार ७ सय ८३ पीसीआर र ४ हजार ८ सय ७८ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्