
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ । क्यानले पहिलो पटक नेपाल टी–२० का नाममा फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो।
यसअघि ४ पटक स्थगित भइसकेको प्रतियोगिता शुक्रबार नै सुरु हुने कार्यतालिका भए पनि तयारी नपुगेका कारण एक दिन पछि सारिएको उक्त खेल आज (शनिबार) देखी सुरु गरेकाे हो ।
उद्घाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ । खेल बिहान सवा ९ बजे सुरु हुनेछ । शनिबार नै हुने प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल सवा १ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुने छ। दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यतालिका छ। यस प्रतियोगिताको फाइनल खेल २७ गते हुने छ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहनेछ। यो लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन् ।