Logo
Logo

प्रकृति मृत्यु प्रकरण: नेपाली सुरक्षा अधिकृतद्वारा विद्यार्थीहरूसँग छलफल


1.8k
Shares

काठमाडौं । नेपाली सुरक्षा अधिकृतले भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिएका छन् ।

कलेजको होस्टलमा पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विद्यार्थीहरूको अवस्थाबारे जानकारी लिएका हुन् ।

दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन् । टोलीले विद्यार्थी कलेज प्रशासन र प्रहरीसँग छुट्टाछुट्टै भेट गरेर स्थितिबारे जानकारी लिनेछ र आवश्यक समन्वय समेत गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्