Logo
Logo

राजसंस्थाप्रतिको जनलहरको धक्काले मन्त्री गायब भए ?


2.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्रीहरुको अनुपस्थितिप्रति कटाक्ष गरेकी छन् ।

१५ मिनेट स्थगित भएर सुरु भएको बैठकमा बोल्दै उनले ‘राजसंस्था पक्षधरको जनलहरको धक्काले मन्त्री गायब भएको हो कि’ भनेर कटाक्ष गरिन् । उनले मन्त्रीहरूलाई जिम्मेवार बन्न पनि आग्रह गरिन् ।

‘राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको,’ उनले कटाक्ष गर्दै भनिन्, ‘तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ । अलि जिम्मेवार बन्नुप¥यो ।’

बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब आधा घण्टा ढिलो सुरु भएको थियो । तर ढिला सुरु हुँदा पनि बैठकमा मन्त्रीहरू उपस्थित भएका थिएनन् ।

बैठक सुरु हुना साथ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । अहिले दोस्रो बैठक बसिरहेको छ भने सांसदहरुले आफ्ना धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्