Logo
Logo

चैतका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर


252
Shares

काठमाडौं । बाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले चैत १ गतेदेखि लागू हुनेगरी फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन् ।

चैतमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ५.९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६.०१ थियो ।सार्वजनिक विवरणअनुसार चैतमा एनआइसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने छ ।

यस बैंकको ब्याजदर चैत्रका लागि ६.६ प्रतिशत कायम गरिएको छ भने अन्य करिब एक दर्जन बैंकमा ६ प्रतिशत माथि ब्याज पाइने छ ।

प्रतिक्रिया दिनुहोस्