काठमाडौं । काठमाडौँमा होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँका विभिन्न क्षेत्रमा प्रहरीले आज ट्राफिक जाँचमा कडाइ पनि गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १३८ दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी पाँचवटालाई पनि नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा भएका सवारीमध्ये ४२ वटा दुई पाङ्ग्रे र १ वटा चारपाङ्ग्रेलाई छोडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए । उनका अनुसार अझै १०३ सवारी प्रहरी नियन्त्रणमै छन्।
रङहरूको पर्व होली आज पहाडी क्षेत्रमा एकआपसमा रङ दलेर मनाइँदैछ। शुक्रबार तराई क्षेत्रमा होली मनाइन्छ।