Logo
Logo

चुरेपहिरो बस्तीमा पसेर बगर बन्यो बुटवल


दामोदर खनाल


बुटवल । बुटबलको बस्तीदेखि उत्तरतर्फ रहेको कान्छो पहाड चुरे खलबलिएपछि बुटवलको बस्तीमा खसेकोछ । चुरेको पहिरो बस्तीमा खसेपछि बुवलबासीमा त्रास बढेको छ । नदीजन्य पदार्थको अवैध दोहनले बुटवलको चुरे खलबलिएको हो । त्यही खलबलिएर धाँजा फाटेको चुरे क्षेत्र ठूलो वर्षाको कारण पानीले बगाउन थालेपछि बस्ती पहिरोको समस्यामा परेको छ ।

चुरे नेपालको पूर्ब इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३६ जिल्लामा करिब ८ सय किलोमिटरसम्म फैलिएको छ । चुरे क्षेत्रको कूल भूभागका १२ दशमलव ७८ प्रतिशत ओगटेको छ । अधिकांश ठाउँमा तराईको मैदानी भाग सकिएर माथि उठेको नरम चट्टानको भूभाग नै चुरे हो । पछिल्लो समय यो क्षेत्र विविध कारणले मानव अतिक्रमणको चपेटामा परेको छ । जसकै कारण आज चुरे क्षेत्र वरिपरि बसोवास गर्दै आएका मानव बस्ती नै समस्यामा पर्न थालेका छन् ।

हुनत सरकारले चुरे क्षेत्र संरक्षण गर्न २०६७÷६८ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम शरु गर्यो र त्यसलाई अझ सशक्त ढंगले अघि बढाउनको लागि २०७१ असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन ग¥यो । नेपाल सरकारको मिति २०७४।२।२ को निर्णयानुसार चुरे गुरूयोजना स्वीकृत भई सो अनुरूप कार्यक्रम कार्यान्वयन भइरहेको भए पनि स्थानीय निकायसँगको मिलेमतोमा दिन दुगुना रात चौगुना चुरे दोहन भइरहेको छ ।

बुटवलमा भदौको दोस्रो साता तीन दिनसम्म लगातार आएको वर्षाले ज्योतीनगर र लक्ष्मीनगरमा चुरेको पहिरोले ठूलो क्षति पु¥याएको छ । १३ गते आइतबार बिहानै वर्षासँगै चुरे पहाडबाट आएको लेदो ढुंगा सहितको पहिरोले ज्योतीनगरका केही घर पुरिएका छन् । करिव २०० घर जोखिममा परेका छन् । बस्तीकोे शिरमा रहेको चुरे डाँडाबाट ठूलो पहिरो खसिरहने त्रासले यस क्षेत्रका बासिन्दाको भोक निद्रा हराएको छ भन्छिन् स्थानीय दुर्गादेवी पौड्ल । जुन ठाउँमा वर्षा हुँदा लगातार पहिरो खसिरहने भएकोले ज्योतिनगर, लक्ष्मीनगर र बम्घाट बस्तीनिकै खतरामा छ ।

पहिरोले यहाँ रहेको प्राथमिक विद्यालय, दमन्तिशारु, मनमाया रानाभाट, सहराना शर्मा, लालबहादुर घर्ति, नजिर मियाँ, अमर बिक, सालिममियाँ, जमुना शर्मा, यमबहादुर थापा लगायतका घर पहिरोले पुरिदा करोडौको धनमाल समेत माटोमा बिलिन हुन पुगेको छ । पाल्पा गुल्मी, अर्घाखाँची, कपिलबस्तु, स्याडजा लगायत जिल्लाका बिभिन्न जिल्लाबाट बसाई सरेर बिभिन्न पेशाब्यवसाय गरेर दुखकष्ट संंग बनाएको घर जग्गा क्षणभरमै काम खरानीमा परिणत हुने खतरा बढेको छ ।

यस क्षेत्रको चुरे पहाड आफैंमा कमजोर भूबनोटको रहेको र गत २०७२ सालमाआएको भुकम्पले यस क्षेत्रको चट्टानमा झन कमजोर भएको छ । २०५५ साल भदौमा ज्योतिनगरमा खसेको चुरे पहाडको पहिरोले ५७ घर क्षतिग्रस्त भएको स्थानीय मोहन भट्टराई बताउँछन् । भदौ १४ गते चुरेबाट बगेको लेदोसहितको पानी बुटवलको मुख्यबजार क्षेत्र टफिकचोक, पुष्पलाल पार्क हुदै चाँदवारी चोकसम्म आएको थियो । हुन त बुटवल बजारलाई चुरेको पहिरो संगै तिनाउको बाढिको त्रास पनि उस्तै छ । यो वर्ष पनि वर्षातको सुरुमै तिनाउको बाढीले तिनाउ पुलमुनिको बस्ती, देवीनगर र हात्ती सुँडमा क्षति पु¥याएको छ । अन्य नदी किनारका बस्ती पनि ठूलो वर्षा हुदा जागाराम नै बस्ने गर्छन ।

चुरे संरक्षण समिति बुटबलका प्रमुख अजय कार्कीले चुरे क्षेत्रमा ठूला आयोजना बनाउदा बुटवल क्षेत्र झनै जोखिममा पर्ने बताउँछन् । यहाँ केबुलकार, ठूलो बुद्धमुर्ति राख्नेजस्ता संरचना सँगसँगै संरचना पनि निर्माण हुने भएकाले ती संरचना बनाउँदा चुरे थप कमजोर बन्छ । हुन त सिद्धबाबा क्षेत्रमा निर्माण हुनलागेको (सिद्धार्थ राजमार्ग) सुरुङमार्गलाई कत्तिको असर पर्छ त्यो अनुसन्धानपछि मात्र थाहा हुने बिज्ञको भनाइ छ । हिलपार्क व्यवस्थापन समितका उपाध्यक्ष, वडा नम्बर ७ का अध्यक्ष कमलप्रताप थापाले हिलपार्क क्षेत्रको विभिन्न ठाउँको जमिन भासिएको बताउँदै यस क्षेत्रका योजना पनि प्रभावित हुनसक्ने बताए ।

के गर्दैछ स्थानीय निकाय ?

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब २ सय घर पहिरोको जोखिममा रहेको केहीलाई उचित ठाउँमा व्यवस्थापन गरिएको पनि यो चुरेमा निकै जोखिम रहेको र बस्तीमा डोजर हटाएर पहिरो सफागर्ने काम भइरहेको बताउँछन् बुटवल उपमहानगरपालिका वडा न ३ का जनप्रतिनिधि लीलाप्रसाद श्रेष्ठ । २०५५ सालमा पहिरोले ५७ घर क्षतविक्षत बनाएपछि त्यहाँ बस्न नमिल्ने भन्दै सरकारले बुटवल उपमहानगरपालिकाको तामनगरमा स्थानान्तरण गरेको समेत उनी बताउँछन् ।

२०५५ सालमा पहिरोले पु¥याएको क्षति भुल्दै फेरि यहाँ बाक्लो बस्ती बस्यो । विकासका संरचना बने चुरे खोतलखातल भयो । जसको परिणाम यो क्षेत्रमा फेरी पहिरो गएको स्थानीयवासी बताउँछन् । उता बुटवल उपमहानगरपालिकाले पनि अहिलेसम्म स्पष्ट योजना बनाउन सकेको छैन । चुरे संरक्षणका लागि खोलिएको राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले गरेको अध्ययनमा डाँडाको माथिल्लो भागमा धाँजा फाँटेको उल्लेख छ । वसन्तपुर डाँडाको केही तल्लो भागमा २०७२ सालको भूकम्पपछि धाँजा फाटेको थियो । त्यही धाँजाबाट पानी परेपछि त्यहींबाट पहिरो जाने र बुटवलका ज्योतिनगर, लक्ष्मीनगर र आदर्शन नगर प्रभावित हुनसक्ने जनाएको छ ।

करिब २ करोड खर्च गरेर बाल र चेकड्याम बनाउने काम चुरे संरक्षणले गरेको छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका प्रमुख अजय कार्की पनि यो क्षेत्रको सिरानमा ठाउँठाउँमा पानिको मुल भएकाले पनि जोखिम बढिरहेको बताउँछन् । उनी भन्छन्, चुरे पहाड निकै कमजोर हुने भएकाले पनि यो क्षेत्रमा ठूला संरचना बनाउन उपयुक्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्