Logo
Logo

आगामी निर्वाचनमा गठबन्धनले रेकर्ड बनाउने छ : प्रचण्ड


2.6k
Shares

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनले रेकर्ड बनाउने बताएका छन् ।

रोल्पामा निर्मित ‘जनयुद्ध स्मृति भ्यु टावार’ उद्घाट गर्दै उनले गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमाा रेकर्ड बनाएर जानुपर्छ भन्ने मान्यताबाट अगाडि बढिरहेको बताएका हुन् ।

उनले भने- ‘गठबन्धनलाई टुटाउनका लागि देशभित्र र बाहिरबाट धेरै चलखेलहरु भए। अझै पनि चलखेल भइरहेका छ, तर, आज पनि हामी बाह्र बुँदे समझदारीका सहयात्री, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु दृढताका गठबन्धनलाई कायम राख्ने र आगामी निर्वाचनमा पनि हामीले एउटा रेकर्ड बनाएर जानुपर्छ भन्ने मान्यताबाट अगाडि बढिरहेका छौँ ।’

उनले जनयुद्धकालमा ऐतिहासिक कीर्तिमान कायम गरेको रोल्पाली जनताले प्रतिगमनविरुद्ध समेत रोल्पालाई लालकिल्ला बनाइराख्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘रोल्पाले क्रान्तिप्रतिको निष्ठा, विचार र नेतृत्वप्रतिको निष्ठालाई कम हुन दिएको छैन । आगामी निर्वाचनमा पनि ती महान सहिदहरुलाई स्मरण गर्दै प्रतिगमनको षडयन्त्र परास्त गर्न फेरी लाल किल्लाको रुपमा कायम गर्ने छ ।’

रोल्पा जिल्लाले क्रान्ति र ध्वंस मात्रै नभएर विकास र समृद्धिका पक्षमा समेत आफूलाई अब्बल साबित गरेको बताउँदै अध्यक्ष प्रचण्डले जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत गरे ।

‘रोल्पाले युद्धमा मात्रै होइन शान्तिमा पनि निर्माणमा पनि रेकर्ड बनाउन सक्छ भन्ने सन्देश प्रदर्शित गर्नुभएको छ । रोल्पाको विकासका लागि राष्ट्रिय समझदारी बन्ने विश्वास लिएको छु,’ अध्यक्षले भने, ‘सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर विकास निर्माणमा तपाईहरु अघि बढनुहुनेछ, केन्द्रबाट गर्नुपर्ने सहयोगका लागि म सधैं तत्पर छु ।’

जनयुद्धका सहिदहरुको सम्झना गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको षडयन्त्र अझै कायम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्