Logo
Logo

देउवालाई पराजित हुने डर, शेखरलाई ओलीको भर


29.4k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनको निरन्तरताबारे गठबन्धन नेतृत्व दल नेपाली कांग्रेसभित्र तीव्र मतभेद देखिएको छ ।

सभापतिमा पराजित शेखर कोइरालादेखि महामन्त्री निर्वाचित गगन थापासम्म गठबन्धन गर्न नहुने पक्षमा देखिएका छन् । तर, सभापति शेरबहादुर देउवा भने गठबन्धन गर्नुको विकल्प नरहेको निष्कर्षमा पुगेका छन् ।

कांग्रेसको जारी केन्द्रीय कार्य समितिको बैठकमा नेता कोइरालाले गठबन्धन गर्नै नहुने धारणा राखे । तर, सभापति देउवाले भने गठबन्धन नगरे पराजित हुने भन्दै गठबन्धन गर्नुको विकल्प नरहेको भन्दै काउन्टर गरे ।

कांग्रेस एक्लै चुनावी मैदानमा होमिए कांग्रेसलाई फाइदा हुने र गठबन्धन गरे कांग्रेसलाई घाटा हुने कोइरालाको विश्लेषण छ । तर, सभापति देउवा भने २०७४ को मतपरिणामलाई विश्लेषण गर्दै गठबन्धनको विकल्पन नरहेको निष्कर्षमा पुगेका हुन् ।

केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले ०७४ सालको संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा धेरै ठाउँमा पराजय व्यहोर्नु परेको भन्दै अबको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने धारणा राखे ।

देउवाले कांग्रेस इतरको गठबन्धन बन्दा ०७४ मा आफूले नै बालबालमा जितेको घटनासमेत स्मरण गराए । उनले भने– ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

शेखर गठबन्धनको विपक्षमा उभिनुको कारण
१४औं महाधिवेशनमा पराजित भएपछि शेखर कोइराला शक्तिहीन भएका छन् । महाधिवेशन र महाधिवेशनपछि पनि धेरै नेता गुमाइसकेका छन् । त्यसैले अबका निर्वाचनमा शेखर पक्षका नेताले टिकट पाउने सम्भावना कम छ । सभापति देउवा पनि शेखर समूहलाई पेलेरै अघि बढ्ने पक्षमा देखिएका छन् ।

पार्टीमा कमजोर शेरख प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक छन् । स्रोताका अनुसार केपी–शेखरबीच निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । ‘गठबन्धन तोड्न भूमिका खेले केही नेतालाई जिताइदिने केपीले शेखरसँग प्रतिवद्धता जनाएका छन् । त्यसैले शेखर वर्तमान गठबन्धनको विपक्षमा उभिका हुन्’, स्रोतले भन्यो ।

सभापति देउवालाई डर
नेता शेखर ओलीसँग मिलेर केही थान नेता सुरक्षित गर्न चाहन्छन् । तर, सभापति देउवा भने गठबन्धन नभए धेरै गुम्ने चिन्तामा छन् । वर्तमान गठबन्धन तोडिए कम्युनिष्टहरुबीच गठबन्धन भए २०७४ कै हालत हुनसक्ने देउवाको बुझाइ हो ।

कांग्रेसले गठबन्धन तोडे कम्युनिष्ट शक्तिहरुबीच पुनः गबठन्धन हुनसक्नै भन्दै माओवादी नेताले धारणा सार्वजनिक भएपछि देउवा गठबन्धन तोड्न नहुने पक्षमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्