काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ नेकपा माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मी संक्षिप्त कुरा गर्दै उनले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेकाले सम्बन्धित पार्टी र स्वयंम अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘यस्ता सवालमा कसैले हेलचेक्रयाइँ गर्न हुँदैन । गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्छ । घटनाका विषयमा निष्पक्षरूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ, यदी सत्य भए अर्थमन्त्रीले राजीनामा दिनुपर्छ ।’











