Logo
Logo

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ : झलनाथ खनाल


1.4k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् ।

खनालले अर्थमन्त्री शर्माका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ता सवालमा कसैले हेलचेक्राई गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने बताए ।

यस विषयमा निष्पक्ष रुपमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने र बाहिर आएको विषय सत्य हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे । उनले अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटना घट्न थाले धेरै कुरामा गम्भीर प्रश्न उठ्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्