काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संसदीय छानबिन समिति बनिसकेपछि अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले संसद्मा बोल्ने अधिकार नभएको बताएका छन् ।

बुधबार बसको प्रतिनिधिसभ बैठकमा बोल्दै उनले उनले अर्थमन्त्रीको हैसियतले अब संसद्मा बोल्ने कुनै अधिकार नभएको भन्दै राजीनामा दिनुपर्ने बताए ।
उनले भने, ‘सभामुखले अर्थमन्त्रीलाई मन्तव्यका लागि जुन बोलाउँदै हुनुहुन्छ। यसमा गम्भीर विमति छ । उहाँले संसद्मा अर्थमन्त्रीको हिसाबले बोल्ने अधिकार छैन ।’
उनले अर्थमन्त्री दोषी नै भएको जिकीर गरे । ‘अर्थमन्त्रीमाथि यो कुनै आरोप मात्रै होइन । छानबिन समिति जुन बनेको छ, उहाँको दोष छ कि छैन भनेर हेर्ने होइन । उहाँ त दोषी हुनुहुन्छ,’ उनले भने, ‘मुलुकको अपराधसंहिता आकर्षित भएको छ। उहाँ कारबाहीको भागिदार हुनुहुन्छ । गम्भीर नैतिक प्रश्न उठिसकेपछि संसद्मा सम्बोधन गर्ने अधिकार छैन ।’











