
काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।
शर्माले राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । सहयोगीले झन्डाको खोल निकाल्न खोजेपछि शर्माले ननिकाल्न सहयोगीलाई आग्रह गरे । शर्मा झन्डा छोपेर बाहिरिए ।











