Logo
Logo

चन्द्रागिरिमा फसेका डेढ सय जनाको उद्दार हुन सकेन


14.6k
Shares

काठमाडौं । चन्द्रागिरि केबलकारमा बुधबार दिउँसो पौने २ बजे समस्या आउँदा डेढ सय जना अझै फर्किन सकेका छैनन् । प्रहरीका अनुसार आधा घण्टादेखि ४५ मिनेटसम्म बीचमै रोकिएपछि इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्‍याइएको थियो ।

उक्त केबलकारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परिवारसहित १४० जना स्थानीय पर्यटक केबलकारमा फसेका थिए । चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पुगेका अझै १५० जना पर्यटकको उद्दार गर्न बाँकी रहेको प्रहरीले जनाइएको छ ।

अहिलेसम्म प्रहरीले दुई सय जनालाई माथिबाट पैदल हिँडाएर तल ल्याएको बताएको छ । माथिबाट हिँडाएर ल्याउन १५० जनाभन्दा बढी प्रहरीहरू खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्