
१. बजेट निमार्णका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनाम, छानबिनलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन राजीनामा दिएको भनाइ, कुनै पनि गल्ती नगरेको दाबी, छानबिनबाट भ्रम निवारण हुने विश्वास, अर्थमन्त्रालयको जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई ।

२. प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता, प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचन आगामी मंसिर २ गते गर्न सिफारिस, चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने सुझाव, निर्वाचनका लागि १० अर्ब बजेट माग ।

३. नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले बढायो हवाई भाडा, काठमाडौं–धनगढीको भाडा २२० रुपैयाँले बढ्यो, काठमाडौंबाट धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने, पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुग्यो, सबैभन्दा सिमराका लागि ४ हजार २४० रुपैयाँ लाग्ने ।

४. जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म नेकपा माओवादी केन्द्रले अर्को अर्थमन्त्री नबनाउने, छानबिनमा निर्दोष सावित भए जनार्दन नै फेरि अर्थमन्त्री बन्ने वर्षमान पुनको भनाइ, राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरको अभिव्यक्ति ।

५. जनार्दन शर्मामाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भनाइ, गम्भीर आरोपमा हेलचेक्राई गर्न नहुने र गल्ती, कमजोरी भए सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति, निष्पक्ष छानविन गरि सत्यतथ्य बाहिर ल्याउन माग ।

६. बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छनबिन गर्न ११ सदस्य विषेश समिति गठन, समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदिप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सिताराम महत्व र सुरेन्द्र प्रसाद यादव, रिपोर्ट बुझाउन १० दिनको म्याद ।

७. काठमाडौँ उपत्यका बाहिर पनि हैजा फेला, भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ दुवाकोट र हेटौंडा नगरपालिकामा एक–एक जनमा हैजा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा जानकारी, संक्रमितको टेकु र हेटौंडाको विरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदै, अहिलेसम्म २१ जनामा हैजा पुष्टि ।

८. भारत उत्तराखण्ड राज्यको बजारमा खाने तेल किनेर घर फर्कने क्रममा तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङका स्थानीय सचिन बुढाथोकी बेपत्ता, महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बुढाथोकी खोजी गर्दै ।

९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३.३३ अंकले बढेर दुई हजार ४३.९२ मा पुग्यो, सेन्सेटिभ परिसूचक पनि १.६९ अंकले उकालोे लागेर ३८८.९१ कायम, २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपैयाँमा खरिद बिक्रीे, १० उपसमूहको शेयर मूल्यमा वृद्धि, बजार पुँजीकरण २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३३६ रुपैयाँ पुग्यो ।

१०. एकपछि अर्को मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा, दुई दिनमा २७ जनाले दिए राजीनामा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी, युक्रेनका लागि आवश्यक सहयोग गर्ने जोनसनको प्रतिबद्धता, रुसी सेनाको आक्रमणमा परी ब्राजिलियन मोडल तथा स्नाइपरको थालितो डो भालेलेको मृत्यु ।















