Logo
Logo

निहारिका प्रकरण : शिवराजको डीएनए जाँच गर्न अदालतको आदेश


12.2k
Shares

काठमाडौं । निहारिका राजपुत प्रकरणमा उनको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए जाँच गर्न अदालतले आदेश दिएको छ । कुमारी आमा भनेर चिनिएकी निहारिकाको घटनामा उच्च अदालत जनकपुरले डीएनए जाँच गर्न आदेश दिएको हो ।

अदालतका न्यायाधीश न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले आरोपित शिवराज श्रेष्ठको र निहारिकाको डीएनए जाँच गर्न आदेश दिएको हो ।

आफ्नो छोरा र आरोपितको डीएनए जाँचको माग गर्दै पटकपटक आन्दोलन तथा अनसन बस्दै आएकी निहारिकाको माग अनुसार डीएनए जाँच गर्न उच्च अदालतले आदेश दिएको हो । अदालतको आदेशसँगै अब डीएनए जाँच गर्ने बाटो खुलेको छ ।

प्रहरीले आरोपित श्रेष्ठलाई गत साउन ३१ गते धनुषा बजारबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर थुनामा राखेको छ ।

शिवराजलाई भने यसअघि जिल्ला अदालत धनुषाले सफाई दिएको थियो। तर अदालतले गम्भीर त्रुटी गरेको भन्दै निहारिकाले डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

यसअघि उच्च अदालतमा मुद्दाको पेसी सरिरहेको थियो। गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो ।

अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटकपटक अनशन बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्