Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

राष्ट्रपतिको अर्थपूर्ण संवाददेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको बयानसम्म


2.3k
Shares

१. सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयक संसदबाट जस्ताको तस्तै पास गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा छलफललाई तिव्रता, आफ्नो सुरक्षा अधिकारी र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल, संवाद अर्थपूर्ण, दोस्रो कार्यकालको सकिनै लाग्दा आफ्ना सुरक्षा अधिकारीहरुलाई धन्यवाद ज्ञापन, भेटमा नेपाली सेनासहितका सुरक्षा अधिकारीहरुको उपस्थिति ।


२. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग सिफारिस समितिले बयानको लागि बोलायो, चोलेन्द्रको बयान भदौ १५ गते लिने, महाअभियोगका सम्बन्धमा थप उजुरी र जानकारी दिन सार्वजनिक सूचना जारी गर्ने, उजुरी भदौ १२ गतेसम्म दिनुपर्ने, राष्ट्रियस्तरका कानूनी र न्यायिक क्षेत्रका सङ्घसंस्थालाई पत्राचार गरिने, १९ गतेभित्र प्रतिवेदन तयार गर्ने कार्यतालिका ।


३. प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, आगामी मंसिर चारम हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वासनीय बनाउन ओलीको आग्रह, निर्वाचनमा सरकारले राज्यशक्तिको दुरुपयोग गर्ने आशंका, संक्रमणकालीन ऐन, नागरिकता विधेयक र महंगीको विषय पनि कुरा उठान ।


४. अनाधिकृत संरचना धमाधम हटाउँदै काठमाडौं महानगर, महानगरभित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सा पासविना बनाइएका संरचनामा डोजर लगाइयो, काठमाडौँ मल र न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचनामा भत्काइयो, दरबार मार्गका केही संरचना पनि डोजर चलाइयो, अवैध संरचना भत्काएपछि २५ प्रतिशत पार्किङ समस्या समाधान हुने विश्वास ।


५. निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषद्ले हटाउन सक्ने सर्वोच्च अदालतको आदेश, न्यायाधीशको योग्यतासम्बन्धी संविधानले तोकेको व्यवस्थाअुनसार न्याय परिषद्ले जुनसुकै अवस्थामा पनि हटाउन सक्ने, योग्यता नपुगेको व्यक्तिलाई सुधारका लागि अन्य वैकल्पिक कानूनी समाधानको मार्ग नरहेको हुँदा न्याय परिषद्ले नै निर्णय लिनसक्ने ।


६. आउँदो मंसिर चार गते तोकिएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दल दर्ता आह्वान, भदौ १० देखि १२ गतेभित्र निवेदन दिइसक्नुपर्ने, एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउने ।


७. पूर्वतयारीका सबै काम सकेर मात्रै राष्ट्रिय राजमार्ग स्तरोन्नति अघि बढाउन प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको निर्देशन, पूर्व–पश्चिम राजमार्ग वातावरणमैत्री, वन्यजन्तुमैत्री र प्रविधिमैत्री हुनुपर्ने, डीपीआर तयार गर्दा नै ध्यान पुर्याउन निर्देशन, कुर्था–जयनगर रेलमार्गमा मर्मत वर्कसप, फ्युल सेन्टर स्थापना गर्न, कर्मचारी व्यवस्थित गरी रेल सञ्चालन गर्न र विद्युतीय रेललाई प्राथमिकतामा राख्नुपर्ने ।


८. बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बृद्धि, नेप्से दुई दशमलब ८७ अंकले बढेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द, एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार, कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको सेयर मूल्य बढ्यो, ७३ वटा कम्पनीको सेयर मूल्य ओरालो ।


९. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको काठमाडौँ जिल्लाबाट जुडो खेलाडी छनोट, पुरुषतर्फ आठ र महिलाफर्त पाँच जना खेलाडी छानिए, बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि बीस वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको घोषणा, मुख्य प्रशिक्षक मेघराज केसीले छने २५ खेलाडी ।


१०. युद्धबीच युक्रेनले आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनायो, स्वतन्त्रता दिवस मनाउँदै गर्दा र युद्धको छ महिनाको बिन्दुलाई मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ, घरबाहिर ठूलो सङ्ख्यामा ननिस्कन आग्रह, श्रीलङ्कामा आर्थिक सङ्कट कायमै, ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत ओ चान संवैधानिक अदालतद्धारा निलम्बित ।

प्रतिक्रिया दिनुहोस्