Logo
Logo

एमसीसी र एसपीपीमा स्थिर अडान लिन नसक्दा पार्टीलाई घाटा भयो : झलनाथ खनाल


2k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी र एसपीपीप्रति स्थिर अडान लिन नसक्दा पार्टी घाटा व्यहोर्नु परेको बताएका छन् ।

फाइल फाेटाे

बिहीबार नेकपा एकीकृत समाजवादी पार्टी पूनर्गठन दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एमसीसी र एसपीपीबारे पार्टी स्थिर अडान लिन नसकेको बताएका हुन् ।

उनले भने, ‘ओली सरकारले अमेरिकासँग अगाडि बढाउँदै लगेको भित्रभित्रै हाम्रो देशमाथि थोपर्न लागेको असमान सम्झौता एमसीसी, एसपीपी सम्झौतामा पार्टीलाई स्थिर अडानमा राख्न सकिएन ।’

एक हप्ताअघि अस्वीकार गर्ने र एकहप्तापछि अनुमोदन गर्नपुग्दा पार्टीमा आकर्षित लहर भइरहेका बेला जनता रोकिएको उनको भनाइ छ ।

नेता खनालले त्यससँगै स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो स्वतन्त्र नीति लिएर अगाडि बढ्न नसकेर गठबन्धनकै भरपर्दा नेकपा एकीकृत समाजवादीले आफ्नै यथार्थ जनमत समेत पाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्