Logo
Logo

कांग्रेसको निर्वाचनलक्षित अभियान आजदेखि सुरू


252
Shares

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि निर्वाचनलक्षित अभियान सुरू गर्दैछ।

मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्न लागेको हो ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले ७७ वटै जिल्लामा अभियान चलाउन यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।

यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्