सुर्खेत । नेकपा माओवादी केन्द्रले पार्टीबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ ।

माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका अनुसार मन्त्रीका लागि नाम सिफारिस गरिएकालाई केही दिनमै सरकारमा सहभागी गराइने छ ।











