
१. आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि देशैभर कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु, अभियानको पहिलो चरण भदौ २४ गतेसम्म सञ्चालन हुने, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि, र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने ।

२. नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी, राष्ट्रपतिले पनि प्रमाणीकरण गर्ने विश्वास, राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग छलफल गर्नु सामान्य रहेको भनाइ, हल्ला भएजस्तो मुलुकमा राजनीतिक सङ्कट नआउने तर्क, भदौ १५ भित्र गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्ने अभिव्यक्ति ।

३. नागरिकता विधेयक संशोधन नभई नयाँ ऐन आवश्यक भएको एमालेको ठहर, वैवाहिक अंगीकृतले निश्चित समयमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने माग, जन्मका आधारमा नागरिकता पाएका या जन्मसिद्ध नागरिकका सन्तानले विनाव्यवधान तत्काल नागरिकता पाउनुपर्ने भनाइ ।

४. कालोबजारी, मूल्यवृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न नेपाली उपभोक्ता संरक्षण महासङ्घको आग्रह, गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भनाइ, नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी, दिनहुँको कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने ।

५. नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठकको जारी, अध्यक्ष ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न नौ समूहमा विभाजन, समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि ओलीले जवाफ दिने, ओलीको जवाफपछि प्रतिवेदन पारित हुने ।

६. कुर्था–जयनगर रेल सञ्चालनले जनकपुर आसपासका बासिन्दा उत्साहित, यात्रुको चाप उच्च, क्षमता कम हुँदा स्थानीयवासीको माग पुरा भएन, दैनिक एउटा रेल दुईपटक आउने र जाने, दुई रेल भएपनि नियमितरुपमा एउटा मात्रै चल्दै, बसमा नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति आकर्षित ।

७. संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवद्र्धन र चुलोको अभियान चलाउँदै नेपाल विद्युत् प्राधिकरण, पुनःअर्को सङ्गठित संस्थासँग समझदारी, प्र्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर, सशस्त्रको मेसहरुमा भइरहेको एलपी ग्यासलाई विस्थापित गर्दै इन्डक्सन चुलो प्रयोग गरिने, १९ स्थानमा चार्जिङ स्टेशन बनाउने ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव ६२ मा सीमित, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा झर्यो, दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैयाँमा खरिद बिक्री ।

९. घरेलु टोली केन्याविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित, पाँच टि–२०आई सिरिजको दोस्रो खेल सकिँदा १–१ को बराबरी, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट प्रतियोगिता शुरु, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जित्ने खेलाडीलाई बागमती प्रदेशले मासिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने ।

१०. चिनियाँ संस्कृतिप्रतिको प्रेमभावलाई विश्वसामू चिनाउन चीनका राष्ट्रपति सी चिनफिङको आग्रह, युक्रेनले अमेरिकी हतियारको रेकर्ड परम्परागत कागजमै राख्ने, लेबनानमा आर्थिक सङ्कट र कोभिड १९ को महामारीका कारण बालबालिकाको अधिकार खुम्चिँदै, नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा ५७ जना अतिवादी मारिए ।















