Logo
Logo

काठमाडौंमा दुर्घटना : प्रहरी हवल्दारको मृत्यु, ३ जना घाइते


7.4k
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ ।

३ जना गम्भीर घाइते भएका छन् । काठमाडौंकै शंकरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षीय प्रहरी हवल्दार बालकुमार कटुवालको मृत्यु भएको हो ।

नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जानएको छ । उनी प्रहरी प्रभाग साँखुमा कार्यरत थिए ।

दुर्घटनामा घाइते भएका जोरपाटी निवासी ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र २० वर्षीय रोजित गाइजुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्